इच्छा – नेपाली कविता

म चाहन्छु
उसको कुभलो होस्
ऊ गिरोस्, ढलोस र रित्तियोस्
सान, सौकत र मर्यादामाथि
कालो धब्बा लागी
ऊ बदनाम होस् ।
खिइयोस् उसको कान्ति
अनि
बर्वादीको एउटा मिसाल
कायम होस् जगतमा,
हो म यही चाहन्छु,
किनकि ऊ हो मेरो साथी
अझ भनौं आफन्त ।

#२०६७ पौष १२ गते, इमाडोल ललितपुरमा लेखन