कवि र कविताप्रेमीहरु – नेपाली कविता

शव्दकोषका पृष्ठहरु पल्टाई
कनिकुथी गरी
सिर्जन्छौ तिमी कविता ।
अनि,
चियाघरमा चिया खुवाई
भट्टीघरमा दारु पिलाई
बटुल्छौ
एकाध ‘साहित्यप्रेमीहरु’
तिमी वाचन गर्छौ
उनीहरु श्रवण गर्छन्
र त तिमी कवि
र उनीहरु कविताप्रेमी ।

तिमी भन्छौ
जीवन ‘कविता’ हो
कविता ‘चेतना’ हो ।
किन्तु,
किनिएका श्रोतागण
र प्रायोजित तालीहरुमा
बटुल्छौ
आनन्द र आत्मरति,
सायद तिमी विर्सन्छौ
खरिदिएका साहित्यप्रेमीहरु
तिम्रो कविता होइन
चिया र दारु पिउँछन् ।

#२०६७ पौष १६ गते, इमाडोल ललितपुरमा लेखन