आशावादीत्व र संघर्षको कथा : ' द सस्याङ्क रिडिम्पसन'

डरले तिमीलाई कैदीमा सिमित राख्छ किन्तु आशा र संघर्षको बलमा तिमी मुक्तिको मार्ग पहिल्याउन सफल हुन्छौ भन्ने भाव अनि शन्देस वोकेको चलचित्र हो ‘द सस्याङ्क रिडिम्पसन’। स्टेफेन किंगको कथामा अमेरिकी निर्देशक फ्रयाङ्क डाराबन्टद्वारा निर्देशित यस चलचित्र ६ विधामा एकेडेमी पुरस्कारका लागि मनोनित भएको थियो ।

मानिसको इच्छा शक्ति अनि सतत् प्रयत्नले उसलाई जस्तोसुकै सफलता दिलाउन सक्ने प्रेरणदायी कथानक अन्तरगत चलचित्रले एकातिर बीसौं शताव्दीको मध्य तथा उत्तरार्धकालीन कारागार र जेलजीवन प्रस्तुत गरेको छ भने अर्कोतिर कानुनको अपव्याख्या गर्दे निर्देष व्यक्तिहरुमाथि थोपरिएको बलजफ्त जेलसजायको कटु चित्रण पनि गरेको छ ।

चलचित्रको कथा अनुसार एण्डी ड्युफ्रेन्ज (टिम रोविन्स) एक सफल युवा बैंकर हुन्छन् तर श्रीमतीसंगको किचलो र झगडा पश्चात श्रीमतीकै मागअनुसार उनको पूर्व प्रेमीकोमा पुर्यारई नशा सेवन गर्दै फर्कन्छन् । दुर्भाग्यवस् त्यही रात उनको श्रीमती तथा उनको प्रेमीको हत्या हुन्छ र हत्याराको रुपमा एण्डीलाई उभ्याइन्छ । कानुनी दाउपेचको आधारमा उनलाई दुईवटा आजन्म कारावास सुनाइँदै पुर्पूक्षको निम्ति कुख्यात सस्याङ्क कारागार पठाइन्छ। त्यहाँ बीसौ वर्षदेखि जेलजीवन व्यतित गर्दै आइरहेका एलिस रेड (मोर्गान फ्रिम्यान) उनीसंग नजिकिन्छन् । किशोरकालमा एक हत्या गरेको आरोपमा जेल जीवन व्यतित गरिरहेका रेडको सहयोगमा एण्डीको जेल जीवन केहि सहज हुन पुग्छ । रेडले उपलव्ध गराइदिइको ज्यावलहरुको सहयोगमा एण्डी व्यस्त रहन थाल्छन् । जेलभित्र एण्डीले व्यक्तिगत पहलमा पुस्तकालय सुधार लगायतका विभिन्न काम गर्छन् । तर कारागारका वार्डेन नर्टन (बब गुरोन)को भ्रष्ट आचरणका कारण उनले पटक पटक समस्या र सास्ती भोगिरहनु परेको हुन्छ ।

अचानक, चलचित्रको उत्तरार्ध भागमा कथाले नयाँ मोड लिन्छ । सयौं बर्षको मिहिनेतले समेत छिचोल्न नसकिने ठानिएको जेलको भित्ता एण्डीले एकल गोप्य प्रयासमा प्वाल पारेर भाग्न सफल हुन्छन् । लगत्तै उनले जेलभित्रको भ्रष्टाचार अनि हत्याका समाचारहरु सार्वजनिक गर्दै रेडलाई आमन्त्रण गरी नयाँ जीवन सुरुवात गर्न प्रशान्त महासागरको किनार स्थित एक मेक्सिकन नगरमा पुग्दछन् । चालिस बर्ष बढी जेलसजाय काटेपश्चात रेडपनि जेलमुक्त भइ एण्डीको ठेगाना पछ्याँउदै आफ्नो जेलजीवनको साथी सम्म पुग्दछन् ।

चलचित्रमाचलचित्रमा १४२ मिनेटको अवधीमा एउटा सरल कथाबस्तुलाई निर्देशक फ्रयाङ्क डाराबन्टले अत्यन्त सजीव अनि चतुर्र्या ईंपूर्वक प्रस्तुत गरेका छन् । फलतः यस चलचित्र विश्वभरि सफल मात्रै भएन, हरेक तह र तप्काबिच आफ्नो चीर कालीन प्रभाव छोड्न समेत सफल छ । मोर्गान फ्रिम्यान अनि टिम रोविन्स दुवैको अभिनय सशक्त छ भने चलचित्रको प्राविधिक पक्ष पनि विश्व स्तरीय छ । आदर्शवाद वा अधिभूतवादी दृष्टिकोणवाट संसार नियाल्नेहरुलाई चुनौती दिंदै संघर्षशील अनि आशावादी वन्न सिकाउने यस चलचित्रको उपलव्धता नेपाली वजारमा सहज नै छ ।