'पाठक' कथा – नेपाली अनुवाद

रात छिप्पिँदै थियो जतिखेर म त्यस घरवाट विदावारी भएँ जहाँ साथीहरुको एक गोष्ठीमा आफ्नो प्रकासित कथासंग्रहमा समेटिएको एउटा कथा वाचन गरेको थिएँ र साथीहरुले प्रशंसाको पुल वाँध्न कुनै कसर बाँकी छाडेका थिएनन् । म मग्न भावमा शनैः शनैः पाइला वढाइरहेको थिएँ । हृदय पुलकित र आनन्दविभोर थियो अनि आफूले पहिले कहिल्यै नपाएको खुसीको अनुभूति भइरहेको पनि थियो ।

फेव्रुअरी महिनाको त्यस रातमा वादलरहित आकासका ताराहरु हलुका हिमपातका कारण सोह्र श्रृङ्गारमा सजिएको धर्तिउपर स्फूर्तिदायक शीतलता सञ्चार गरिरहेका थिए ।

‘यो संसारमा मानिसहरुको चक्षुअघि केहि विशेष हुनु सुन्दर कुरा हो!’ म सोच्दै थिएँ अनि आफ्नो भविष्यको चित्रमा उज्यालो रङ्ग भर्ने कल्पनामा लीप्त थिएँ ।

“हो, तपाईंले एउटा निकै प्यारो चीज लेख्नु भएको छ, यसमा कुनै सन्देह छैन !”– हठात् आफ्नो पछाडीवाट गुन्गुनाइएको आवाजले म झस्कें । पछाडी फर्की हेर्दा कालो वस्त्रधारी एक होचो कदको मानिस मुस्कुराउँदै मेरो नजिक आइरहेको देखें ।

एउटा अचम्मलाग्दो सरल मानिस, जसका आँखा, गाला छेड्न उद्यत हाड, झुस्स परेको वोकेदाह्री, साना तर झ्याङ्गिएका आँखीभौं, हिउँमा चिप्लिइरहेको झैं लाग्ने आवाजहीन र हल्का हिँडाइ, ऊ साँच्चै अनौठो थियो । उसको टिप्पणीले मलाई चकित तुल्यायो कारण गोष्ठीका सहभागीहरुको भीडमा मैले उसलाई देखेको थिइनँ । ऊ को थियो ? कहाँवाट आएको थियो ?

“के तपाईले… मतलव… मेरो कथा सुन्नुभएको थियो ?” मैले सोधें ।

“हजुर, मलाई त्यो सुन्ने सौभाग्य प्राप्त भयो ।” उसको आवाज तिखो थियो अनि आफ्ना पातला ओठ तथा छोटो कालो जुँगाविच ऊ आफ्नो मुस्कान लुकाउन सक्दैनथ्यो । उसको मुहारको मुस्कुराहट हराउने कुनै लक्षण देखिंदैनथ्यो, फलतः ऊ मलाई वडो अजीव लाग्यो ।

“आफूले आफैलाई अरु सवैभन्दा फरक अनुभव गर्नु अतिनै सुखद कुरा हो, हैन त ?” मेरो अजीव मित्रको सोधाई ।

मलाई उसको प्रश्नमा असहमती जनाउन योग्य कुनै असाधारण तत्व भएजस्तो नलागेकाले ढीलाई पनि गरिनँ ।

“हा! हा! हा!” आफ्ना दुव्लापातला औंलाहरुले हातलाई सुम्सुम्याउँदै ऊ हाँस्यो तर उसको हाँसो मलाई अपमानित गर्ने खालको थियो ।

“तपाईं निकै रसिक र हंसमुख देखिनुहुन्छ नि!” तर मैले रुखो स्वरमा भनेको थिएँ ।

“त्यो त हो ।” ऊ मुस्कुराउँदै र टाउको हल्लाउँदै बोल्यो, “यसको अलावा म टाउको खुइलिने मान्छे पनि हुँ किनकि म संधै नयाँ नयाँ कुरा सिक्न चाहिरहन्छु र हरेक नयाँ चिज वुझ्न खोज्दछु ।”

यति भनेर ऊ एकपटक फेरि हाँस्यो अनि आफ्नो काला र तीखा आँखा मतर्फ हुर्याजयो । मैले पनि उसलाई त्यसरी नै हेर्दै शान्त स्वरमा भनें, “माफ गर्नुहोला, तर के म जान्न सक्छु कि मलाई को संग कुराकानी गर्ने सौभाग्य…”

“क को हुँ, के तपाईं अनुमान लगाउन सक्नुहुन्न  ? जे होस्, यतिखेर तपाईंलाई यो मान्छेको नाम ज्यादा महत्वपूर्ण लाग्दैछ या जे ऊ भन्न चाहँदैछ ?”

“निश्चय पनि होइन, तर यो सबै… सबै अजीव छन्!” मैले जवाफ दिएँ ।

उसले मलाई धाप मार्दै एक हल्का झट्का दियो र शान्त हाँसोसाथ भन्यो, “हुन दिनुस् अजीव । मानिसले कहिलेकाँही जिन्दगीका साधारण सीमाहरु प्ार गर्ने इच्छा गर्नुपर्छ । तपाईंलाई असहज हुँदैन भने आउनुस् खुलेर कुराकानी गरौं । तपाईं यत्ति जान्नुहोस् कि म तपाईंको एक पाठक हुँ – एक विचित्र प्रकारको पाठक – जो यो जान्न उद्यत रहन्छ कि कुनै पनि लेखाइको पछाडि लेखकीय अभीष्ट के छ ? भन्नुस्, के यसप्रकारको कुराकानी मन पराउनुहुन्छ ?”

“निश्चय पनि!” मैले भनें, “मलाई खुसी लाग्नेछ किनकि यसप्रकारका पाठकहरु संधै भेट हुँदैनन् ।” तर मैले झूठो वोलेको थिएँ किनकि ऊ मलाई निकै वोझलो लाग्दैथियो, तरपनि शिष्टाचारको मुद्रा वनाई उसको कुरा ध्यानपूर्वक सुन्दै सुस्त गतिमा ऊ संगै हिंडिरहें ।

क्षणिक मौनता पश्चात उसले विश्वासपूर्ण आवाजमा उठान गर्यो्, “मानवीय व्यवहारमा निहीत उद्देश्य र अभीष्टभन्दा ज्यादा विचित्र र महत्वपूर्ण तत्व यो संसारमा अरु केहि छैन । के तपाईं यो स्वीकार्नुहुन्छ ?” मैले टाउको हल्लाउँदै सहमती पेश गरें ।

“तव ठीक छ, आउनुस् खुलेर कुरा गरौं किनकि जवसम्म तपाईं युवक हुनुहुन्छ, खुलेर कुरा गर्ने कुनैपनि अवसर फुत्किन दिनु हुँदैन ।”

‘अचम्मको मान्छे!’ मैले सोचें तर उसको शव्दहरुले मलाई अल्या ई सकेका थिए ।

“त्यो त ठीक छ ।” मैले पनि मुस्कुराउँदै भनें, “तर हामी के विषयमा कुराकानी गर्नेछौ  ?”

लामो समयदेखि चिनाजानी भएझैं उसले घनिष्ठतापूर्वक मेरो आँखामा हेर्दै भन्यो, “साहित्यको उद्देश्यहरुका वारेमा कुरा गर्दा कसो होला ?”

“हुन्छ तर…, काफी ढीला भइसकेको छ ।”

“अहो! तपाईं अहिले नौजवान हुनुहुन्छ । तपाईंको हकमा ढीला भएको छैन ।” उसका शव्दहरुले मलाई किंकर्तव्यविमूढ र स्तव्ध तुल्याए । उसले ती शव्दहरु फरक आशय र अर्थका लागि निकै गम्भीरताका साथ उच्चरित गरेको थियो । उसको भविष्यद्रष्टा उद्घोषले मलाई थिल्थिल्याए तर ऊ भने मेरो हात समाई अघि लम्किइरह्यो ।

“नरोकिनुहोस्, तपाईं मेरो साथ सही वाटोमा हुनुहुन्छ ।” उसले कुरा सुरु गर्दै भन्यो, “तपाईं यो वताउनुहोस् कि साहित्यको उद्देश्य के हो ?” मेरो छट्पटी बढ्दो अनि आत्मसन्तुलन घट्दो क्रममा थियो । आखिर यो मान्छे मबाट के चाहन्छ र को हो  ? निःशन्देह ऊ एउटा चाखलाग्दो मानिस थियो तर उप्रतिको मेरो चाह भने कम हुँदै थियो । उवाट पिछा छुटाउने एक अर्को चेष्टास्वरुप पाइलाको चाल छरितो पार्दै अगाडि वढें तर उ पछाडि छुट्नेवाला थिएन, बल्की साथमै हिँड्दै शान्तपूर्वक भन्यो, “म तपाईंको अप्ठ्यारो वुझ्दछु । एकाएक साहित्यको उद्देश्य व्याख्या गर्नु कठीन नै हुन्छ । त्यसो भए के मैले सुरु गरौ ?”

उसले मुस्कुराउँदै मलाई हेर्यो् र मेरो जवाफको प्रतीक्षा नगरिकनै वोल्न सुरु गर्योस, “सायद तपाईं यस कुरामा सहमत हुनुहुनेछ कि साहित्यको उद्देश्य आफैलाई चिन्न मानिसहरुलाई मद्दत गर्दै आत्मविश्वासी र दृढ वनाउनु अनि सत्यान्वेषणमा सहयोग पुर्यादउनु तथा सत्योद्घाटन गर्दै पवित्र सौन्दर्य चेतले जीवन शुभ वनाउनु हो । यत्ति त तपाईं मान्नुहुन्छ ?”

“अँ” मैले भने, “मूलभूत रुपमा यो सत्य हो कि साहित्यको उद्देश्य मानिसहरुलाई झनै राम्रो वनाउनु हो ।”

“त्यसो भए हेर्नुहोस् त, लेखकको रुपमा तपाईं कति महानतम् अभीष्टका लागि काम गर्नु हुन्छ ।” मेरो साथीले आफ्नो भनाइलाई जोड दिंदै वोल्यो र फेरि उही तीखो हाँसो हाँस्न थाल्यो, “हा! हा! हा!”

तर मलाई भने यो निकै अपमानपूर्ण प्रहार लाग्यो । म दुःख र आवेशले कराएँ, “आखिर तपाईं म वाट के चाहनुहुन्छ ?”

“आउनुस्, एक क्षण वगैंचामा वसौं ।” उसले हल्का हाँसोका साथ मेरो हात तान्दै प्रस्ताव गर्यो ।

हामी शहरी क्षेत्रको एक वगैंचामा आइपुगेका थियौं । चारैतिर ठूलाठूला वृक्षहरु थिए जसका पातहरुमाथि हिउँ जमेको थियो । जूनको उज्यालोमा चम्किलो भई हाम्रो शीरमाथि यत्रतत्र छरिएका ती श्वेत हीम–पत्रहरु मलाई वरफको कवचजस्तै लागे जो मेरो छाती हुँदै हृदयसम्म घुसेको भान हुन्थ्यो ।

मैले चुपचाप मेरो साथीको मुहारमा हेरें जसको व्यवहारले मलाई चक्करमा हालिदिएको थियो । ‘यसको दिमागको कुनै पुर्जा ढीला भएजस्तो छ’ मैले सोचें र उसको व्यवहारलाई यसप्रकारको व्याख्या गर्दै सान्त्वना वटुल्ने चेष्टा गरें ।

“सायद तपाईंलाई यस्तो लागेको हुनुपर्छ कि मेरो मष्तिष्क केहि खुस्केको छ ।” उसले मेरो मनोविज्ञान उपर हस्तक्षेप गर्दै भन्यो, “किन्तु त्यस्तो विचार आफ्नो दिमागवाट हटाइदिनू, किनकि त्यो अशोभनीय र हानिकारक छ, बल्की केहि यस्तो मानिसवारे सोच्नुस् जो तपाईंभन्दा भिन्न होस् । कोल्टे फेर्दै हामी केहि फरक सोच्ने झण्झटवाट मुक्त हुन खोज्दछौं । मनुष्य प्रति मनुष्यको दुखद उदासिनताको त्यो अति राम्रो प्रमाण हो ।”

“ल ठीक छ ।” मेरो छट्पटी बढ्दै थियो, “किन्तु माफ गर्नुस् अव म हिंड्छु । रात निकै वढिसकेको छ ।”

“जानोस्” आफ्नो काँध खस्काउँदै उसले भन्यो, “तर यो वुझ्नुस् कि तपाईं आफैदेखि भाग्दै हुनुहुन्छ ।” उसले मेरो हात छोडिदियो र म त्यहाँवाट हिडें ।

ऊ वगैचाको एक छेउमै रोकियो । त्यहाँवाट भोल्गा नदी स्पष्ट देखिन्थ्यो जसमाथि वरफको च्यादर छाएको थियो । अगाडि टाढासम्म निस्तव्धता र उदासीमा डुवेको विस्तृत मैदान थियो । ऊ वगैंचाकै एक रुखमुनिको वेन्चमा वस्यो र खुला मैदानतर्फ हेर्दै सुसेलीको आवाजमा एक परिचित गीतको धुन गुन्गुनाउन थाल्यो ।
उनीहरु हामीलाई के वाटो देखाउछन्
जसलाई आफ्नै वारे केहि थाहा छैन…

मैले फर्केर उसलाई हेरें । आफ्नो कुहिनोलाई घुँडामा राखी सुसेलिरहेको ऊ पनि मलाई नै हेरिरहेको थियो । चाँदनी उज्यालोका कारण चम्किइरहेको उसको मुहारको पातलो जुँगा हल्लिइरहेको देखिन्थ्यो । यो विधीको विधान हो भन्ने सोच्दै मैले ऊ भएठाउँमा फर्कने निधो गरें र छिटो छिटो पाइला चाल्दै उसको छेउमा गइ वसें ।

“हेर्नुस्, यदि तपाईंलाई मसंग कुराकानी गर्नुछ भने सीधा र सोझो ढंगमा गर्नुस् ।” मैले आवेशपूर्वक तर आफूलाई नियन्त्रणमा राख्दै भनें ।

“मान्छेहरुसंग संधै सीधा र सोझो ढंगमा कुरा गर्नुपर्छ ।” उसले आफ्नो टाउको हल्लाउँदै स्वीकार गर्योर, “तर तपाईंले पनि यो स्वीकार गर्नुपर्नेछ कि मैले त्यस्तो ढंगको व्यवहार नगर्दा तपाईंको ध्यानाकर्षण हुनसक्ने थिएन । आजकल सीधा, सोझो र सफा कुरालाई निरस र रुखो करार दिइ नजर अन्दाज गरिन्छ ।”

“तर सत्य कुरा के हो भने हामी यत्ति कठोर र चिसो भइसकेका छौं कि कुनैपनि कुरामा कोमलता र जोश ल्याउन असमर्थ हुन्छौं । हामी तुच्छ कल्पना र दिवास्वप्नमा रमाउन अनि आफूले आफैलाई केहि विचित्रको महसुस गर्न चाहन्छौं किनकि हामीले सिर्जना गरेको जीवन नीरस, निरुद्देश्यीय र रङ्गहीन छ । जुन जीवनलाई वदल्न हामी यत्ति लगन र आवेशका साथ लागिपर्यौंक, त्यसले नै हामीलाई कुल्चेको छ अनि तोडेको पनि ।” एकक्षण मौन रहँदै उसले भन्यो, “म ठीक भन्दैछु, हैन त  ?”

“हजुर” मैले भने, “तपाईंको भनाई ठीक छ ।”

“तपाईं निकै चाँडो घुँडा टेक्नुहुँदो रहेछ ।” तीखो हाँसो हाँस्दै मेरो प्रतिवादीले मलाई गिज्यायो । म स्तव्ध भएँ । उसले आफ्नो विचित्र नजर मतर्फ सोझ्याई मुस्कुराउँदै वोल्यो, “तपाईंले लेख्नुभएका सिर्जना हज्जारौं पाठकहरुले पढछन् । तपाईं कस्तो कुराको प्रचार गर्नुहुन्छ ? अनि के कहिल्यै तपाईंले आफैलाई यो सोध्नुभएको छ कि अरुलाई वेमलतवका कुरा सिकाउन तपाईं कसरी अधिकार प्राप्त हुनुहुन्छ ?”

आफ्नो जीवनमै पहिलोपटक मैले आफूभित्र नियालें, आफैलाई परीक्षा लिएँ । हो त, मैले के कुराको प्रचारवाजी गर्दै छु ? पाठकहरुलाई वताउन मसंग त्यस्तो विशेष के छ ? के संधै सवैले वोल्ने र भन्ने तीनै सारा चिज, जसले मानिसमा कुनै तात्वीक वदलाव ल्याउने सामर्थ्य राख्दैनन्, त्यस्ता नीति, विचार र वाणीहरु प्रचार गर्ने हक मलाई छ, जसलाई न त म विश्वास गर्छु न त व्यवहार मा नै ल्याउँछु ? यदि मेरो आचरण ती तत्वहरुको खिलाफ छ भने मैले तिनीहरुलाई अविश्वास गरेको पुष्टी हुँदैन र ? यो मान्छेलाई म के जवाफ दिउँ, जो मेरो छेउमै वसेको छ ?

तर उसले मेरो जवाफको प्रतीक्षा नगरी फेरी वोल्न आरम्भ गर्योम, “एक समय थियो जतिखेर यो धर्तीको लेखनकला जीवन, सत्य अनि मानव मनको गम्भीर अध्येताहरुले आवाद थियो जसमा यो संसारलाई सुन्दर वनाउने सर्वप्रवल आकंक्षा अनि मानव प्रकृति प्रतिको गम्भीर विश्वास अनुप्रणित थिए, उनीहरुले लेखेका पुस्तक कहिल्यै विस्मृतिको गर्भमा विलीन हुन सक्नेछैनन् । कारण तिनले अमर सच्चाइलाई अंकित गरेका छन् र तिनका पृष्ठहरुले कहिल्यै मलिन नहुने सौन्दर्य प्रष्फुटित गर्दछन् । तिनमा चित्रित पात्रहरु जीवनका सच्चा पात्रहरु थिए किनकि आफूप्रेषित प्रेरणाका कारण उनीहरु जीवन्त भएका थिए । ती पुस्तकहरुमा साहस छ, प्रदीप्त आवेग अनि उन्मुक्त साँचो प्रेम पनि छ र त्यहाँ निरुद्देश्यीय कुनै शब्द छैन ।”

“मलाई थाहा छ, तपाईंले पनि त्यस्तै पुस्तकहरु पढी पोषण ग्रहण गर्नुभएको छ तरपनि तपाईंको आत्माले त्यो उचाई पाउन सकेन । सत्य र प्रेमका वारेमा तपाईं जे लेख्नुहुन्छ, त्यो झूठ र अनुभूतिशुन्य प्रतीत हुन्छ । लाग्छ जसरी जवरजस्ती शव्दहरु वोलिएका होउन्, चन्द्रमा झैं तपाईं पनि अरुको उज्यालोमा प्रदीप्त हुनुहुन्छ तर तपाईंको चहक अत्यन्त धमिलो छ, त्यसले छायाँ त सिर्जना गर्न सक्ला तर आलोक र ताप विल्कुलै सिर्जना गर्दैन ।”

“यथार्थमा तपाईं खुद यति गरीव हुनुहुन्छ कि अरुलाई केहि दिन सक्नुहुन्न जो वस्तुतः मुल्यवान होस् या केहि दिनुभयो भनेपनि आफूले सुन्दर विचार र शब्दहरुको निधी विस्तार गरी जीवनलाई सम्पन्न वनाउन सकें भन्ने भावको सर्वोच्च सन्तोषानुभूतिका साथ होइन, वल्की यसकारण कि जीवन र अरुसंग अधिकाधिक लिन सक्नुहोस् । तपाईं यत्ति गरीव हुनुहुन्छ कि उपहार दिन सक्नुहुन्न या त तपाईं नाफाखोर हो जो आफ्नो अनुभवका टुक्राहरु लेनदेन गर्छ फलतः ख्यातिको रुपमा केहि नाफा वटुल्न सकियोस् ।”

“तपाईंको लेखाइले विषयवस्तुको सतही उजागर गरेको छ । जीवनका तुच्छ परिस्थितिलाई नै तपाईं खोतल्ने र कुँद्ने गर्नुहुन्छ । तपाईं साधारण मानिसलाई साधारण भाव वर्णन पढाउनुहुन्छ । हुनसक्छ, त्यसमा तपाईंले जीवनका अनेकौं महत्ताहीन साधारण सच्चाइहरु सिकाउनुहोला, तर के तपाईं केहि त्यस्तो सिर्जना गर्न सक्नुहुन्न जसले मनुष्य आत्मालाई झनै उँचो वनाउने सामर्थ्य राखोस् ? यत्रतत्र फिँजिएका विकृति, विसंगति र फोहरहरु चित्रण गर्दै के तपाईं यो सिद्ध गर्न चाहनुहुन्छ कि मानवजाती खराव, पतीत, मूर्ख औं महत्वहीन परिस्थितिको गुलाम तथा सदैव दयनीय, कमजोर र एक्लो प्राणी हो ?”

“यदि तपाईं सोध्नुहुन्छ भने मानिसको विषयमा यस्ता घृणित प्रचारवाजी मानवताका शत्रुहरुले गर्छन् र दुःखको कुरा यो हो कि उनीहरु मानवहृदयमा यस्तो भावप्रति विश्वास जगाउन केहि हदसम्म सफल भैसकेका पनि छन् । तपाईं आफै हेर्नुहोस् न, आज मानव मन कति खस्केको छ अनि उसको आत्माको तार कत्ति वेआवाज भैसकेको छ । यो अस्वभाविक पनि होइन किनकि उसले आफूलाई त्यही रुपमा देख्छ जस्तो कितावहरुमा वर्णन गरिएको हुन्छ ।”
“अनि पुस्तकहरुले, खासगरी लेखनशील्पले भरिएका भ्रम पैदा गर्न समर्थ कितावहरु, पाठकहरुलाई हतवुद्धी गर्दै एक हदसम्म आफ्नो वशमा पार्दछन् । यदि तिनमा मानिसहरुलाई कमजोर, दयनीय र एक्लो देखाइएको छ भने आफूलाई नै पुस्तकको पात्रका रुपमा आफ्नो कमजोर पक्ष देख्छन् तर उनीहरुले यो वुझ्न भने सक्दैनन् कि सुधारको कुनै सम्भावना पनि मौजूद छ ।”

“के तपाईंमा त्यो सम्भावना उजागर गर्ने क्षमता छ  ? तर तपाईं यो सबै कसरी गर्न सक्नुहुन्छ, जवकी तपाईं स्वयम् नै… । हुन दिनुस्, म तपाईंको भावनालाई चोट पुर्यााउन चाहन्न किनकि मेरो कुरा काट्ने या आफ्नो विचार पस्कने कुनै कोशिस नगरी तपाईं निरन्तर मलाई सुनिरहनु भएको छ ।”

“तपाईं आफूलाई मसीहाको रुपमा चिन्नुहुन्छ र सोच्नुहुन्छ कि विकृतिहरु उजागर गर्नैका लागि तपाईंलार्इं ईश्वरले यो संसारमा पठाएका छन् ताकि सुन्दरताको विजय होस्, तर खराबलाई असलसंग छुट्याउँदाको वखत के तपाईंले यो देख्नुहुन्न कि यी दुवै एक अर्कासंग गाँसिएका छन् र यिनलाई अलग थलग गर्नै सकिन्नँ ? मलाई त यसमै ठूलो शंका छ कुनै ईश्वरले तपाईंलाई आफ्नो मसीहाको रुपमा पठाएको होस् । यदि उसले पठाएकै हुन्थ्यो भनेपनि तपाईंभन्दा ज्यादा त्यस्तो वलशाली मानिसलाई यो कामको लागि चुन्नेथियो, जसको हृदयमा जीवन, सत्य अनि मानवप्रेमको दीप प्रज्जवलित होस् ताकि सांसारिक अन्धकारमा आफ्नो गौरव र शक्तिरुपी मशालमार्फत आलोक फिँजाउन सकोस् । तर तपाईं जस्ता लेखकहरु प्रकाश र ताप होइन केवल हानिकारक धुँवा पस्कनु हुन्छ र त्यस धुँवाको कारण मानिसहरु आत्मविश्वासहीनताले भरिन्छन् ।”

“तसर्थ…तपाईं र तपाईंजस्ता अन्य कयौं लेखकहरुको एक सचेत पाठकको हैसियतले म सोध्दछु – तपाईं किन लेख्नुहुन्छ  ? तपाईंका कृतिहरुले केहि सिकाउँदैनन् र पाठकले केवल तपाईंहरु वाहेक अरु केहि कुरामा लज्जावोध गर्दैन । तपाईंहरुका सबैथोक आम साधारण छन् – आम साधारण मानिस, आम साधारण विचार, आम साधारण घट्ना । आत्मीक विद्रोह र पुनर्जागरणवारेमा तपाईंहरु कहिले वोल्न सुरु गर्नुहुन्छ ? तपाईंहरुको लेखनमा रचनात्मक जीवनको त्यस इन्द्रेणी खोइ, वीरत्व औं दृष्टान्त अनि प्रोत्साहनका शब्दहरु कहाँ छन्, जसलाई सुनेर आत्माले आकासीय चन्द्रमाको उचाई हासिल गरोस् । सायद तपाईं भन्नुहोला – जो हामी पेश गर्छौ, त्यसवाहेक जीवनमा अन्य नमूनाहरु कहाँ पाइन्छन् र ?”

“हुन त मुखवाट यस्तो शव्द निकाल्न उचित नहोला तर जसलाई श्रृष्टिकर्ताले लेखनशक्ति दिएका छन् उनीहरुले जीवनसामु आफ्नो पँगुपन अनि त्यसमाथि उठ्ने असमर्थता स्वीकार गर्नु, निकै लज्जा र अपमानको कुरा हो । यदि तपाईंको स्तर पनि त्यहि हो, जस्तो आम मानिसको हुनेगर्छ, अर्थात यदि तपाईं त्यस्तो काल्पनिक नमुनाको रचना गर्न सक्नुहुन्न जो जीवनमा मौजुद नरहँदा सुधारको अत्यावश्यकता हुन्छ, तव तपाईंको कृतित्व कुन रोगको औषधि हो त ? त्यतिखेर तपाईंको धन्दाको के सार्थकता रहन्छ र ?”

“मानिसको दिमागलाई उनीहरुको घट्नाविहीन जीवनको फोटोग्राफिक तस्वीरहरुको गोदाम वनाउँदाको क्षण आफ्नो हृदयमा हात राखी आफैलाई सोध्नुहोस् के त्यसो गरिरहँदा तपाईं नोक्सानी पुर्याोइरहनु भएको त छैन ? कारण – र तपाईंले तुरुन्तै स्वीकार गरिहाल्नु पर्छ कि तपाईं जीवनको त्यस्तो यस्तो तस्वीर पेश गर्ने ढंग जान्नुहुन्न जसले प्रतिशोधपूर्ण चेतनाको जन्म देओस्, जीवनमा नयाँ रङ्गको स्पन्दनलाई तीव्रता प्रदान गरोस् अनि त्यसमा स्फूर्तिको सञ्चार गर्न उद्यत होओस् । र यस्तो चेष्टा केहि लेखकहरुले गरिसकेका पनि छन् ।”

मेरो विचित्र साथी हठात् रोकियो । म केहि नबोली उसका भनाइहरुप्रति घोत्लिँदै थिएँ । केहि क्षण पश्चात उसले फेरि भन्यो, “एउटा अर्को कुरा, के तपाईं यस्तो आल्हादपूर्ण हाँस्य रचना गर्न सक्नुहुन्न, जसले आत्माका सबै मैलाहरु पखाल्न सकुन ? हेर्नुस् न, मानिसहरु ठीक ढंगले हाँस्न एकदमै विर्सिसके । उनीहरु कुत्सीत हाँसो हाँस्छन्, कुटील अनि नीच पाराले हाँस्छन् । उनीहरु आफ्ना आँशु रोकेर हाँस्छन् तर हृदयानन्द उल्लासले कहिल्यै हाँस्दैनन्, जुन हाँसोले वयस्कको पेटमा बल परोस्, अनि अस्थिहरु वोल्न थालुन् किनकि राम्रो हाँसो एक स्वस्थकर तत्व पनि हो । मानिसहरु हाँस्नु अत्यावश्यक पनि छ किनकि त्यो यस्तो विशिष्ठ क्षमता हो, जसले मानवजातीलाई अन्य जनावरहरु भन्दा अलग राख्दछ । के तपाईं निन्दाको हाँसो सिवाए अरु कुनै प्रकारको हाँसो जन्माउन सक्नुहुन्न ? निन्दाको हाँसो त बजारिया हाँसो हो जो मानव जीवनधारीलाई हाँसोको पात्र बनाउन यसकारण समर्थ छ कि उनीहरुको स्थिति दयनीय छ ।”

“तपाईंले आफ्नो हृदयमा मानवीय कमजोरीहरुप्रति महान घृणा अनि मानव जातीप्रति महान प्रेमको विकास गर्नुपर्छ, तबमात्र तपाईं अरुलाई सिकाउने अधिकारी बन्न सक्नुहुन्छ । यदि तपाईं घृणा र प्रेम मध्ये कुनै एकलाई पनि अनुभव गर्न सक्नुहुन्न भने टाउको तल राख्नुस् र केहि वोल्नुपूर्व सयौंपटक सोच्नुस् ।”
वाहिर विहानीको लक्षण देखा परिसकेको भएपनि मेरो हृदयमा भने गहिरो अन्धकार विद्यमान थियो । त्यो मान्छे जो मेरो अन्तरप्रति यति साह्रो जानकार छ , अझै वोल्दै थियो ।

“सबै कुराका वावजूद जीवन झनै प्रशस्त अनि गहिरो हुँदै गइरहेको छ । तर यो प्रकृया अति मन्द गतिमा चलिरहेछ कारण तपाईंहरुसंग त्यस मन्दीलाई तीव्रतामा वदल्न लायक न कुनै शक्ति छ, न ज्ञान । जीन्दगी अघि वढिरहेछ र मानिसहरु दिनप्रतिदिन थप नयाँ नयाँ कुराहरु सिक्न खोजिरहेछन् । उनीहरुको प्रश्नको उत्तर कसले देला, त्यो तपाईंहरुको काम हो तर के तपाईं त्यस गहन अध्येता हुनुहुन्छ जो अरुको अगाडि आफूलाई खोलेर विछ्याउन सकोेस् ? के तपाईं जान्नुहुन्छ कि समयको माग के हो ? के तपाईंलाई भविष्यको जानकारी छ ? अनि के तपाईं आफ्ना शव्दहरु मार्फत त्यस मानवहृदयमा नयाँ प्राण भरिदिन सक्नुहुन्छ जसलाई जीवनको नीचताले भ्रष्ट अनि निरास वनाइदिएको छ ?”

“तपाईं किन केहि जवाफ दिनुहुन्न ?” उसले थप वोल्यो, “खैर त्यसले केहि फरक पार्नेछैन । म तपाईंको मनको हालत वुझ्न सक्छु । जे होस्, म अव हिँडे ।”
“यत्ति छिटो ?” मैले मलिन आवाजमा वोलें कारण म उसंग चाहे जतिनै भयभीत होउँ, म आफैसंग डराइरहेको थिएँ ।

“हो, म जाँदै छु तर म फेरि आउनेछु । मेरो प्रतीक्षा गर्नुहोला ।”

अनि ऊ हिँड्यो । तर के ऊ साँच्चै गयो त ? मैले ऊ जाँदै गरेको देखिनँ । ऊ छायाँसरी पलभरमै मौन तवरले गायव भयो । म वगैंचामै वसिरहें – निरन्तर लामो समयसम्म – मलाई न त ठण्डीको पत्तो थियो न त यस कुराको हेक्का नै कि सूर्य उदाइकन हिमकणहरुमाथि चम्किइरहेको छ ।

कथाः म्याक्सिम गोर्की
अनुवादः देव ‘अञ्जान’ शाह
-समकालिन साहित्य अनलाईन (२०६७ कार्तिक) मा पहिलो प्रकाशन