Articles Download

यस व्लगमा प्रकाशन वा प्रस्तुत भएका कतिपय साहित्यिक, समीक्षामूलक र विचारपरक सिर्जनाहरु साभार गर्दै पुनः प्रकाशन गर्न कतिपय पत्रपत्रिकामा कार्यरत पत्रकार साथीहरु तथा साहित्यिक पत्रिका प्रकाशन गरिरहनुभएका साहित्यप्रेमी मित्रहरुले निरन्तर आग्रह गरिरहनु भएको हुन्छ । विशेषतः वेवसाइटमा प्रकाशित फण्टलाई पुनः मुद्रण गर्नुपर्ने वा राम्रो डिजाइनिङ गर्न अप्ठ्यारो पर्ने भएकाले प्राथमिक कपी (देवनागरी फण्टहरुमा टाइप भएको टेक्स्ट फाइल) नै इमेल गरिदिन आग्रह भइरहन्छ, जुन अस्वभाविक होइन । अरु केहि प्रशंसक पाठकहरु र साथीहरुले समेत सामग्री संग्रह गर्न चाहेको जनाउँदै इमेल गरिदिन आग्रह पस्किइरहनु हुन्छ ।

सर्जकको सिर्जना सार्वजनिक सम्पत्ती हो । यसको कपीराइट सर्जकसंग रहनु पर्छ र सर्जकले आफ्नो सिर्जनाको क्रेडिट वा क्रेडिट लाइन पाउनु पनि पर्दछ । यी दुई यथार्थलाई पक्रँदै आफ्ना सिर्जनाहरुको प्राइमरी कपी यसै वेव व्लग मार्फत इच्छुक सम्पूर्ण महानुभावहरुका लागि उपलव्ध गराउन लागिएको छ । यस पृष्ठमा राखिएका डाउनलोड लिंकहरु मार्फत केहि सिर्जनाहरु संग्रह गर्न वा प्राप्त गर्न सकिनेछ । साथै डाउललोड हुने जीप फोल्डरभित्र लेखक वा सर्जकको प्रकाशनयोग्य फोटो र सम्पर्क ठेगाना समेत राखिएको छ । डाउनलोड भएपश्चात फाइल चलाउनुपूर्व एकपटक व्लगरसंग सम्पर्क गर्ने आवश्यकता भने पर्नेछ । प्रकाशन सामग्रीको मुद्रण र छपाई भई पाठकसम्म पुग्दाको समयमा एक प्रति प्रकाशन यस व्लगर सम्म पुग्ने वातावरण सिर्जना हुने कुरामा आशावादी रहँदै बाइलाइन वा क्रेडिट लाइन खुलाउन कञ्जुस्याँई नहुने कुरामा विश्वस्त छु ।

चलचित्र समीक्षाका देवनागरी फण्टयुक्त फाइलहरु डाउनलोड
व्लगमा प्रकासन भएका चलचित्र समीक्षाका देवनागरी फण्टयुक्त फाइलहरु डाउनलोड गर्न सकिन्छ । एक दर्जन ऐतिहासिक तथा विश्वविख्यात चलचित्रहरुबारे गरिएका एक दर्जन समीक्षाहरुलाई एक दर्जन अंकहरु सम्म धारावाहिक रुपमा प्रकाशन गरिरहन सकिन्छ ।

नेपाली अणुकथाहरुका देवनागरी फण्टयुक्त फाइलहरु डाउनलोड
व्लगर देव अञ्जानको अगुवाइमा सुरु गरिएको अणुकथा लेखनको अभियान अन्तरगत नमुनास्वरुप सिर्जित दुई दर्जन नेपाली नमुना अणुकथाहरु डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरिएको सामग्री आवश्यकता अनुसार एकदेखि चार अंकसम्म निरन्तर प्रकाशन गर्न पुग्छ ।

चार दर्जन नेपाली गजलहरुका देवनागरी फाइल डाउनलोड
देव अञ्जानद्वारा विभिन्न समय, परिस्थिति र भावनाहरुमा सिर्जिएका कतिपय प्रतिनिधी र केहि गैर प्रतिनिधी गजल सिर्जनाहरुको वर्ड फाइल डाउनलोड गर्न सकिन्छ । यस्ता गजल सिर्जनाहरु प्रकाशकको आवश्यकता र छनौट अनुसार लामो अवधीसम्म प्रकाशन गरिरहन पर्याप्त छन् ।

नेपाली तथा विदेशी कथाहरुका देवनागरी फाइल डाउनलोड
व्लगरद्वारा लिखित स्वदेश तथा विदेशका ऐतिहासिक घटनाक्रम समेटिएका र समसामयिक वा यथार्थवादी धरातलमा उभिएका नेपाली तथा विदेशी कथाहरु संग्रहित फाइल डाउनलोड गर्न सकिन्छ । लघु तथा मझौला आकारका यी कथाहरु आवश्यकतानुसार प्रकाशन गर्न सकिन्छ ।

विश्वप्रसिद्ध लिखतहरुका अनुवादित देवनागरी फाइल डाउनलोड
विभिन्न विदेशी भाषाहरुमा सिर्जिएका विश्वप्रसिद्ध लेखकहरुका विशिष्ठ साहित्य सामग्रीहरुका अलावा अध्ययन र सन्दर्भ सामग्रीहरुलाई देव अञ्जानद्वारा गरिएको नेपाली अनुवाद भएका फाइलहरु डाउनलोड गरी लेखक र अनुवादक दुवैको बाइलाइन दिई प्रकाशन गर्न सकिनेछ ।

Leave a Reply